अफगानिस्तानमा बाढीबाट २० को मृत्यु, कैयौँ बेपत्ता

अफगानिस्तानमा बाढीबाट २० को मृत्यु, कैयौँ बेपत्ता


मुसलधारे वर्षासँगै आएको बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु भएको छ भने अरू धेरै मानिस बेपत्ता भएका छन् । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा विनाशकारी ठूलो बाढी आएको र त्यसबाट भौतिक संरचनामा ठूलो क्षति पुगेको अधिकारीहरूले आइतबार जानकारी दिएका छन् ।

अधिकारीहरूले कम्तीमा दशजना अझै पनि बेपत्ता रहेको जनाएका छन् । बेपत्ता हुने र मृत्यु हुनेमा केही बालबालिका पनि रहेका छन् ।

देशको अधिकांश ठाउँमा अत्यधिक हिमपात पनि भएको छ ।