तेलपाइप विस्फोटमा ५० को मृत्यु

तेलपाइप विस्फोटमा ५० को मृत्यु


नाइजेरियाको पूर्वी क्षेत्रको नेम्बेमा तेलको पाइप विस्फोटमा परी ५० भन्दा बढीको मृत्यु भएको छ ।

स्थानीय समयअनुसार शुक्रबार बिहान भएको घटनामा परी उनीहरूको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । पेट्रोलियम पदार्थको सो पाइप विस्फोट भएपछि आगलागी हुनुका साथै धुँवासमेत उठेको अधिकारीहरूले बताएका छन् ।

सो पाइपबाट पेट्रोलियम पदार्थ आयात गर्ने कुनै पनि कम्पनीले घटनाबारे कुनै जिम्मेवारी लिएका छैनन् । घटनामा परी घाइते भएकाहरूको संख्या ठूलो रहे कति भन्ने यकिन नभएको बताइएको छ ।

नाइजेरियामा पेट्रोलियम पदार्थको पाइपलाइन विस्फोट भएर मृत्यु हुने घटना बेलाबेलामा हुने गरेका छन् । अहिले घटना भएकै ठाउँमा यसअघि सयौँको मृत्यु भएको थियो ।