अमेरिकी पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनले आगामी वर्ष हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा आफ्नो उम्मेदवारीका लागि दाबी नरहने बताएकी छिन् । तर, निर्वाचनमा सक्रियताका साथ सहकर्मीको प्रचारप्रसारमा लाग्ने भने उनको भनाइ छ ।
प्रसिद्ध अमेरिकी टेलिभिजन न्युज १२ द्वारा सोमबार प्रसारण गरिएको अन्तर्वार्तामा सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतिको प्रतिस्पर्धामा डोनाल्ड ट्रम्पसँग पराजित बनेकी हिलारीले भनिन्, ‘म निर्वाचनमा सक्रियताका साथ डिमोक्रेटिक पार्टीको पक्षमा प्रचारप्रसारमा लाग्नेछु ।’
पूर्वसांसद तथा प्रथम महिला क्लिन्टनले अगाडि भनिन्, ‘हाम्रो देशमा निर्वाचनमा को उम्मेदवार हुने भन्ने सवाललाई लिएर सोधिने प्रश्नले आफूलाई साँच्चै समस्यामा पार्ने गरेको छ ।’
उनले डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपति पदका आकांक्षीहरूलाई संकेत गर्दै भनिन्, ‘ट्रम्प प्रशासनबाट गर्न नसकेका वास्तविक समस्या र प्रतिबद्धता पूरा नभएका विषयको लामो सूची छ त्यसैले कुनै कुरालाई ग्यारेन्टीसाथ नलिनुस् ।’
प्रतिक्रिया