भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कुम्भ क्षेत्रका सरसफाइ मजदुरका लागि व्यक्तिगत रूपमा २१ लाख भारतीय रुपैयाँ सहयोग गरेका छन् । उनले कुम्भ सफाइ कर्मचारी सञ्चय कोषको नाममा आफ्नो व्यक्तिगत खाताबाट २१ लाख रुपैयाँ सहयोग गरेका छन् ।
कुम्भ क्षेत्रमा सरसफाइ गर्न खटिएका कर्मचारीको कल्याण र सहयोगका लागि उनले दिएको रकम प्रयोग हुने अधिकारीले बताएका छन् । प्रधानमन्त्री मोदीले यसअघि गत फेब्रुअरी २४ तारिखका दिन सरसफाइ मजदुरसँग अन्तरक्रिया गरेका थिए ।
उनले केही मजदुरको खुट्टा धोइदिएर रुमालले पुछी ढोगेर सम्मान पनि व्यक्त गरेका थिए । उनको त्यो व्यवहार विश्वव्यापी चर्चाको विषय बनेको छ । त्यतिबेला प्रधानमन्त्री मोदीले कुम्भ सरसरफाइ मजदुरलाई ‘वास्तविक कर्मयोगी’को संज्ञा दिएका थिए ।
प्रधानमन्त्री मोदीले यसबाहेक अरू पनि धेरै ठाउँमा व्यक्तिगत सहयोगको घोषणा गर्दै आएका छन् । उनले केही दिन पहिले आफूले दक्षिण कोरियामा प्राप्त गरेको शान्ति पुरस्कारको रकम पनि नामामी नदीको सफाइका लागि दिने घोषणा गरेका थिए ।
गुजरात राज्यका मुख्यमन्त्री भएका बेला कार्यकाल सकिनै लाग्दा उनले राज्यका कर्मचारीको छोरीको शिक्षाका लागि भन्दै आफ्नो व्यक्तिगत २१ लाख भारतीय रुपैयाँ सहयोग गरेका थिए ।
प्रतिक्रिया