एकजना अमेरिकी सिनेटरले आफू अमेरिकाको वायुसेनामा हुँदा सेनाका उच्चस्तरीय व्यक्तिबाट बलात्कृत भएको आरोप लगाएकी छिन् । आफू वायुसेनाले गरेको यौनजन्य हिंसामा परेको एक जीवित उदाहरण भएको रिपब्लिकन सिनेटर मार्था म्याकसेलीले दाबी गरेकी छिन् ।
सेनाबाट हुने यौनजन्य हिंसाको सुनुवाइका लागि बनेको उपसमितिमा म्याकसेलीले सो कुरा बताएकी हुन् । सेनाको उच्चस्तरमा रहेका ती बलात्कारीले पदको दुरुपयोग गरी यसप्रकारको हिंसा गरेको उनले बताइन् ।
एरिजोना राज्यबाट सिनेटर बनेकी ५२ वर्षीया म्याकसेली सन् १९८८ बाट २०१० सम्म अमेरिकी वायुसेनामा कार्यरत थिइन् । उनी कर्नेल पदबाट अवकाश भएको समाचारमा जनाइएको छ । उनले आफू बलात्कृत भएको अवस्थामा बलात्कारीको प्रत्यक्ष विरोध नगरेको तर धेरै वर्षपछि मात्र म्याकसेलीले सो यौन अपराधलाई बाहिर ल्याएकी हुन् ।
‘यस्ता अपराधबाट धेरै पीडित जस्तै म पनि दोहोरिएँजस्तो मलाई लाग्थ्यो,’ म्याकसेलीको भनाइ छ । उनको अभियोगबाट आफूहरू स्तब्ध र दुःखी भएको अमेरिकी वायुसेनाले निकालेको एक विज्ञप्तिमा जनाइएको छ । म्याकसेलीलाई नौसेनाको एक टुकडीलाई कमाण्ड गर्दै युद्धक विमान चालकका रूपमा पहिलो अमेरिकी महिलाको रूपमा पनि हेरिन्छ ।
प्रतिक्रिया