राहुल भन्छन्– पुलवामा आक्रमणलाई प्रधानमन्त्री मोदीजीले राजनीतीकरण गर्नुभयो

राहुल भन्छन्– पुलवामा आक्रमणलाई प्रधानमन्त्री मोदीजीले राजनीतीकरण गर्नुभयो


भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धीले पुलवामामा भएको आतंकवादी आक्रमणलाई प्रधानमन्त्री नरेन्द्र मोदीले अति राजनीतीकरण गरेको आरोप लगाएका छन् ।

‘हामीले त्यसलाई कुनै राजनीतीकरण गरेका छैनौँ, घटनालगत्तै हामीले पत्रकार सम्मेलन नै गरेर यस विषयमा सुरक्षा निकाय र सरकारलाई सहयोग गर्ने बताएका थियौँ, तर दुर्भाग्य सरकारले भने त्यस विषयलाई राजनीतीकरण ग¥यो,’ गान्धीले भने ।

उनले प्रतिपक्षी दल कंग्रेस र अन्य दलहरूले सरकारप्रति देखाएको ऐक्यबद्धतालाई सरकारले दुरुपयोग गरेको टिप्पणी पनि गरे ।

आउँदो आमनिर्वाचनलाई लक्षित गरेर आयोजित चुनावी सभालाई सम्बोधन गर्दै राहुलले देशका लागि जीवन अर्पण गरेका आफ्नो पार्टीका नेताहरू देशका लागि शहीद बन्न पनि तयार रहेको बताए ।