भारतमा लडाकु जेट विमान दुर्घटना

भारतमा लडाकु जेट विमान दुर्घटना


भारतमा मिग—२१ नामक लडाकु जेट विमान दुर्घटनाग्रस्त भएको छ । भारतीय वायुसेनाको सो विमान नियमित उडानका क्रममा राजस्थानमा शुक्रबार दुर्घटनाग्रस्त भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

भारतको राजस्थान राज्यमा पर्ने विकानेर जिल्लामा विमान दुर्घटना भएको रक्षा मन्त्रालयले जनाएको छ । विमान दुर्घटना भए पनि चालक भने सफलतापूर्वक अवतरण गरेका छन् ।

दुर्घटनाको थप विवरण आउन बाँकी रहेको अधिकारीहरूले बताएका छन् ।