भारतमा हुन लागेको आमनिर्वाचनका लागि आइतबार मतदानको मिति घोषणा हुने भएको छ । विश्वकै सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक भारतमा हुने राष्ट्रिय निर्वाचनमा अर्बौं मतदाताले सहभागिता जनाउनेछन् ।
निर्वाचन आयोगले आइतबार पत्रकार सम्मेलनको आयोजना गरेको र सोही सम्मेलनमा निर्वाचनको मिति सार्वजनिक हुने अपेक्षा गरिएको छ । भारतको संविधानअनुसार तल्लो सदनमा ५४३ जना सांसद निर्वाचित हुनेछन् । यो निर्वाचनपछि भारतमा फेरि पाँच वर्षका लागि नयाँ संसद् र सरकार गठन हुनेछ ।
नयाँ सरकारका लागि वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी र कंग्रेस अध्यक्ष राहुल गान्धीबीच प्रतिस्पर्धा हुने देखिएको छ । उहाँहरूको बाहेक देशभरि सयभन्दा बढी पार्टी पनि प्रतिस्पर्धामा रहने अधिकारीहरूले बताएका छन् । यसअघि सन् २०१४ मा भएको निर्वाचनमा बहुमत प्राप्त गरी भारतीय जनता पार्टी (भाजपा) का नेता मोदी प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।
हिन्दू राष्ट्रवादी मुद्दा, मोदीको व्यक्तिगत लोकप्रियता, आकर्षक चुनावी नारा, पाकिस्तानसँगको लडाइँलगायतका कारणले मोदीले निर्वाचन आफ्नो पक्षमा पार्न सफल भएको बताउने गरिएको छ ।
भारतको राजनीतिमा लामो समयदेखि प्रभावशाली परिवारको रूपमा रहेको गान्धी परिवारका नयाँ उत्तराधिकारी राहुलसँग बाल्यकालमा चिया बेचेका मोदीको प्रतिस्पर्धा रोचक हुने भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।
प्रतिक्रिया