१४९ जना यात्रु र आठ जना चालक दलका सदस्य सवार इथियोपियन एयरलाइन्स बोइङ ७३७ विमान आइतबार बिहान दुर्घटनामा परेको छ ।
अदिस अबाबाबाट नैरोबी पुग्दै गरेको विमान दुर्घटनाग्रस्त भएको हो ।
इथियोपियाको प्रधानमन्त्रीको कार्यालय र इथियोपियन एयरलाइन्सले दुर्घटनामा परेका परिवारप्रति दुःख व्यक्त गरेको एपीएफले जनाएको छ । दुर्घटनामा परेका मानिसहरूको परिवारप्रति गहिरो दुःख व्यक्त गर्दछु भन्दै प्रधानमन्त्री अबी अहमदले ट्वीट गरेका छन् ।
एयरलाइन्सले खोजी तथा उद्धार कार्यलाई तिव्र रुपमा अगाडी बढाइएको तर दुर्घटनामा परेकाहरु जिवितै रहने सम्भावना कम रहेको जनाएको छ ।
बोले अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयानुसार विहान ८ः३८ मा विमान उडेको थियो । उडेको ६ मिनेटपछि विशोफ्टुनजिकै पुगेपछि विमान सम्पर्कविहीन भएको थियो । अफ्रिकाका विभिन्न गन्तव्यमा उडान गर्ने इथियोपियन एयरलाइन्स अफ्रिकी महादेशमा लोकप्रिय हवाई सेवाप्रदायक एयरलाइन्स हो ।
प्रतिक्रिया