चौबिस घण्टामा मारिए साठी लडाकु

चौबिस घण्टामा मारिए साठी लडाकु


गत चौबिस घण्टाको अवधिमा अफगानी सुरक्षाकर्मीले तालिबान लडाकूविरुद्ध गरेको कारबाहीमा परी कम्तीमा ६० जना लडाकू मारिएका छन् ।

विषेश सुरक्षा बलले गरेको सो कारबाहीका क्रममा ती तालिबान लडाकूहरु मारिएका सम्बद्ध सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।

स्रोतहरुलाई उद्धृत गर्दै खामा प्रेसले जनाएअनुसार २९ जना तालिबान लडाकूहरु बाराकी बाराक र चार्खमा मारिएका हुन् ।

सो घटनामा परी एक जना तालिबान लडाकू कमाण्डर घाइते भएका छन् भने विस्फोटक पदार्थ विस्फोटन हुदा एउटा सवारी साधन जलेर नष्ट भएको छ ।

सुरक्षाकर्मीहरुले घटनास्थलबाट बम बनाउने अन्य सामग्रीहरु पनि नियन्त्रणमा लिएका छन् । त्यसबाहेक अफगान विषेश सुरक्षा फौजले सामान्गाममा पर्ने राजमार्गमा गरेको सुरक्षा कारबाहीमा परी चार जना तालिबान लडाकू मारिएका छन् भने तीन जना घाइते भएका छन् ।

त्यस्तै आक्रमण उनीहरुले हेल्मन्ड प्रान्तको नोवजाड र मुस क्वाल जिल्ला र उरुज्गान प्रान्तको तारिङ्क शहरमा पनि गरेका थिए । ती आक्रमणहरुमा परी १२ जना लडाकू मारिएका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

सुरक्षाकर्मीहरुले तालिबान लडाकूहरुसँग सम्वन्धित एउटा रेडियो टावर र आइइडी पनि नष्ट गरिदिएका छन् ।