इथियोपियन एअर दुर्घटना : विमानमा सवार सबैको मृत्यु

इथियोपियन एअर दुर्घटना : विमानमा सवार सबैको मृत्यु


इथियोपियाको अदिसअबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको इथियोपिएन एअरको जहाज दुर्घटना हुँदा जहाजमा रहेका १५७ जनाको मृत्यु भएको छ ।

इथोपियन एअरलाइन्सले जहाजमा रहेका १४९ यात्रु र चालक दलका ८ सदस्यको मृत्यु भएको पुष्टि गरेको छ । जहाज विमानस्थलबाट उडेको ६ मिनेटमा नै दुर्घटना भएको हो ।

इथियोपियाका प्रधानमन्त्री एबी अहमेदले ट्विट गर्दै दुर्घटनामा मृत्यु हुनेका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

विमानस्थलबाट स्थानीय समयानुसार आइतबार बिहान ८ः३८ मा विमान उडेको थियो । उडेको ६ मिनेटपछि विसोफ्टुनजिकै पुगेपछि विमान सम्पर्कविहीन भएको थियो ।

अफ्रिकाका विभिन्न गन्तव्यमा उडान गर्ने इथियोपियन एयरलाइन्स अफ्रिकी महादेशमा लोकप्रिय हवाई सेवा प्रदायक एयरलाइन्स हो ।