११ अप्रिलदेखि १९ मेसम्म, नतिजा २३ मेमा भारतीय लोकसभाको चुनाव २८ अप्रिलबाट शुरु हुने भएको छ । सात चरणमा हुन लागेको सो निर्वाचन १९ मेसम्म हुनेछ ।
पहिलो चरणको निर्वाचन मार्च ११ का दिन ९१ सिटका लागि २० राष्ट्रमा हुनेछ । यसैगरी दोस्रो चरणको निर्वाचन १८ मार्चमा ९७ सिटका लागि १३ राष्ट्रमा, तेस्रो चरणको निर्वाचन २३ मार्चमा ११५ सिटका लागि १४ राष्ट्रमा, चौथो चरणको निर्वाचन २९ मार्चमा ७१ सिटका लागि नौ राष्ट्रमा, पाँचौँ चरणको निर्वाचन ५१ सिटका लागि ५ मेमा ७ राष्ट्रमा, छैटौँ चरणको निर्वाचन १२ मेमा ५९ सिट र सातौँ चरणको निर्वाचन १९ मेमा ५९ सिट सम्पन्न हुनेछ ।
निर्वाचनको परिणाम २३ मेमा गरिने आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त सुनील अरोराले जानकारी दिए । उनले आजैका मितिबाट निर्वाचन आचारसंहिता लागू भएको सो अवसरमा बताए ।
आगामी निर्वाचनमा मुख्यगरी भाजपा र कंग्रेसबीच नै तीव्र प्रतिस्पर्धा हुने बताइए पनि करिब एक सयजति दलले उपस्थिति जनाउने अनुमान गरिएको छ । निर्वाचनमा करिब ९० करोड मतदाताको भाग लिने अनुमान गरिएको छ । २३ मेमा आउने अन्तिम निर्वाचनको नतिजाले वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी र राहुल गान्धीमध्ये एक भारतको प्रधानमन्त्री बन्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया