भारतको बिहार राज्यस्थित डुमरी छपिया गाउँकी एक बेहुलीले मदिरा सेवन गरेर बिहे मण्डपमा आइपुगेका बेहुलासँग विवाह गर्न अस्वीकार गरेकी छिन् ।
रिन्की कुमारीको बब्लु कुमारसँग शनिबार विवाह गर्ने गरी तय भएको थियो । छोरीका बाबु त्रिभुवन साहले भने, ‘बेहुला यति धेरै मदिरा सेवन गर्दा रहेछन् कि आफू कहाँ आइपुगेँ भन्नेसमेत पत्तो हुँदो रहेनछ । बिहेमण्डपमै उनले अभद्र व्यवहार देखाए, त्यसपछि छोरीले बिहे गर्न मानिनन् ।’
नातेदारहरूका अनुसार बिहेमण्डपमा पनि बेहुला उभिन सक्ने अवस्थामै थिएनन् । बिहेका अरू संस्कार पनि उनी ठीकसँग गर्न सकिरहेका थिएनन् । त्यही भएर, बेहुली मण्डप छाडेर भागिन् ।’
दुवै परिवारले बिहेका लागि कुमारीलाई राजी गराउने प्रयत्न गरेका थिए, तर उनी सहमत भइनन् ।
अन्त्यमा, गाउँलेले केटा पक्षले लिएको सबै दाइजो फिर्ता नगरेसम्म केटालाई उसको घर जान दिएका थिएनन् ।
भारतका बिहार र उत्तर प्रदेशका ग्रामीण इलाकामा वर्षेनी अवैध मदिरा सेवनबाट मानिसहरूको मृत्युसमेत हुने गरेको छ ।
प्रतिक्रिया