अमेरिकामा घरबाटै चल्ने यी व्यवसाय– सानुबाबु सिलवाल

अमेरिकामा घरबाटै चल्ने यी व्यवसाय– सानुबाबु सिलवाल


bicharअमेरिकाको नर्थ क्यारोलिनाको पश्चिमी ग्रामीण भेग मेरियन बस्ने अमेरिकन गोरी जेसिका बर्नरलाई आफैँले घरमा बनाएको होममेड कुकिज, चकलेट कुकिज, अरेन्ज कुकिज, क्रिम कुकिज, केकको अत्यधिक माग हरेक स्टोर, ग्यास स्टेसन तथा ग्रोसरी स्टोरमा पु-याउन धौ–धौ छ । यी कुकिज उनी घरमा आफ्नै हातले रातभरि बनाउँछिन् केही सहयोगीका साथ लिएर । कुनै समय जागिर खोज्दाखोज्दै हैरान भएकी उनले एक हजार डलरभन्दा कमको लगानीमा कुकिज बनाउने होममेड व्यवसाय सुरु गरेकी हुन् । अहिले उनको होममेड कुकिजको माग ह्वात्तै बढेको छ । स्थानीय ग्राहकहरू उनले बनाएको कुकिज भनेपछि मरिहत्ते गर्दछन् । उनकै शब्दमा अहिले उनको मासिक आम्दानी १५ हजार डलरभन्दा माथि रहेछ ।
उनीजस्तै अर्की गोरी हेदर ब्राउनलाई स्टोर–स्टोरमा आफ्नै हातले बनाएको बिहानी ब्रेकफास्ट खाजा ह्याम, एग, ससेज, बेकन, लिभरमस्ट बिस्कुटको माग पु-याउन भ्याई–नभ्याई छ । आफैँले रातभर बनाएका बिस्कुट बिहानै हरेक स्टोरमा पु-याएर उनी घरबाट सञ्चालित होमबेस व्यवसायको सफल नमुना बनेकी छिन् । झन्डै पाँच सय डलरबाट व्यवसाय सुरु गरेकी उनले अहिले मासिक झन्डै १० हजारको हाराहारीमा आम्दानी गर्दिरहिछिन् ।
यी घरबाटै आफ्नोअनुकूलको सानो लगानीमा सञ्चालन हुन सक्ने व्यवसायका राम्रै प्रतिफल र चमत्कारहरू छन् । अमेरिका यस्तो मुलुक हो जहाँ काम गर्न, व्यवसाय गर्न र आर्थिक उन्नतिका लागि केही गर्न सकिन्छ । केवल इच्छाशक्ति र परिश्रमको आवश्यकता पर्दछ । अमेरिकामा हरेक १२ सेकेन्डमा घरबाट सञ्चालित साना व्यवसाय जन्मिँदारहेछन् र सुरुवात हुने रहेछ । अमेरिकी बिजनेस ब्युरो र तथ्याङ्क विभागका अनुसार अमेरिकामा ३८ मिलियन होमबेस व्यवसाय सञ्चालित छन् । यी त देखिएका, दर्ता भएकामध्ये भए । अझै दर्ता गर्नै नपर्ने होमबेस व्यवसाय हजारौँको सङ्ख्यामा सञ्चालित छन् । होमबेस व्यवसाय नेटवर्किङ सङ्घका अनुसार घरबाट सञ्चालित ४४ प्रतिशत व्यवसायको लगानी पाँच हजार डलर वा त्यसभन्दा कम छ । अन्य व्यवसाय गर्नेबाट ३० प्रतिशत सफल हुँदा होमबेस व्यवसायबाट ७० प्रतिशत व्यवसायी सफल हुँदा रहेछन् । ७५ प्रतिशत अमेरिकीहरू ‘आफ्नो साहु आफैँ बनौँ’ अथवा स्वरोजगारदाता हुन मन पराउँछन् । गत साल मात्रै घरबाट सञ्चालित व्यवसायबाट अमेरिकामा चार सय २६ बिलियन डलर मुनाफा गरेको बिजनेस ब्युरोको तथ्याङ्कमा उल्लेख छ ।
अमेरिकामा कम लगानी, कम जोखिम, घरबाट परिवारसँगै आफ्नै अनुकूल समयमा आफ्नै कार्यतालिका र व्यवस्थापनमा गर्न सकिने साना व्यवसायमध्येको होमबेस व्यवसाय फस्टाउँदै गइरहेको छ । यसबाट आप्रवासीहरू लाभान्वित हुन सक्दछन् । यस Ôेत्रमा नेपाली समुदायलाई पनि आकर्Èित गराउन सकेमा आर्थिक स्वतन्त्रता र समाजको समृद्धिमा टेवा पुग्न सक्ने देखिन्छ । होमबेस व्यवसायका लागि नेटवर्क, ग्राहकसम्म पुग्ने माध्यम, कम्प्युटर, ल्यापटप, आइप्याड, सेलफोन आदि आधुनिक सञ्चारका यन्त्रहरू प्रभावकारी हुन्छन् । अधिकांश यिनै माध्यममार्फत व्यवसायको पहिचान, प्रचार र ग्राहकसम्म पुग्ने पहुँचका आधारहरू हुन् । अन्य थुप्रै होमबेस व्यवसायका सेवाहरूमा यी वस्तुका आवश्यकता नपर्न पनि सक्दछ । फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालहरू पनि होमबेस व्यवसायलाई प्रवद्र्धन र प्रचार गर्ने तथा ग्राहकसम्म पुग्ने बलिया माध्यम हुन् ।
विभिन्न अनलाइन कम्पनी, संस्थाहरूका होमबेसबाटै सेवा पु-याउन सक्ने प्रतिनिधि, एजेन्टदेखि घरकै सानो कोठा वा भागलाई प्रयोग गरी घरबाटै थुप्रै होमबेस व्यवसाय चल्न सक्छन् । सरकारी नियम र कानुनको झन्झटिलो प्रक्रिया व्यहोर्नु नपर्ने, सानातिना लगानी र ऋणबाट व्यवसाय सञ्चालन गर्न सकिने, काम र व्यवसायको प्रकृतिअनुसार कर तिर्नु नपर्ने हुन्छ र कतिपय दर्तासमेत गर्न आवश्यक नपर्ने हुन्छ । तर, होमबेस व्यवसायबाट हुने आम्दानीलाई व्यक्तिगत कर दाखिला गर्दा भने उल्लेख गर्नुपर्ने हुन्छ ।
के–कस्ता व्यवसाय होमबेस व्यवसायभित्र पर्दछन् र घरबाटै गर्न सकिन्छ भन्नेमा जिज्ञासा हुनसक्छ । ब्रेड, ब्रेकफास्ट, क्याटरिङ सेवा, क्लिनिङ, सरसफाइ व्यवसाय, डेस्कटप, छपाइ, कार्यक्रम (इभेन्ट) व्यवस्थापन तथा योजना बनाइदिने सेवा, गिफ्ट बास्केट व्यवसाय, होम डे केयर सर्भिस, इन्टेरियर डेकोरेटिङहरू घरबाटै सानो लगानीमा गर्न सकिन्छ । त्यस्तै, ल्यान्डस्केपिङ व्यवसाय, मसाज थेरापी, तालिम एवम् परामर्श सेवा, घर पालुवा जन्तु केयर सेवा व्यवसाय, वेबसाइट निर्माण तथा डिजाइनिङ, फोटोग्राफी, रोजगार भर्ती सम्पर्क केन्द्र, ट्राभल कन्सल्टेन्सी तथा एजेन्ट, ट्युसन व्यवसाय आदि अत्यन्त प्रभावकारी होमबेस व्यवसाय हुन् । अधिकांश अमेरिकीको आकर्Èण रहेका होमबेस व्यवसायमा वेबसाइट निर्माण तथा डिजाइनिङ, ज्वेलरी डिजाइनिङ, इभेन्ट प्लानिङ, घर बनाउने नक्सा नाप, कम्प्युटर सपोर्ट, घरपालुवा जन्तु हेरचाह व्यवसाय, आयात–निर्यात, क्लिनिङ सेवा, फोहोर तथा बिग्रे–भत्केका वस्तुहरूको सङ्कलन तथा रेकर्ड, फूल व्यवसाय, रियल स्टेटआदि प्रख्यात छन् । त्यसैगरी फूल बास्केट, होममेड खानेकुरा, गीति लेखन, अनुवाद, दोभाÈे व्यवसाय, विवाह–भोज भतेर व्यवस्थापन, किताब लेखन, मोडलिङ, खोजकर्ता, फेसन व्यवसाय, डे केयर, कार सफा गर्ने व्यवसाय, कार डिटोलिङ, कला व्यवसाय अमेरिकामा प्रचलित र प्रख्यात होमबेस व्यवसाय हुन् । अन्य यस्ता थुप्रै व्यवसाय छन्, जुन घरबाटै सञ्चालन गरी मनग्गे आर्थिक मुनाफा आर्जन गर्न सकिन्छ । क्याब र ट्याक्सी सञ्चालन तथा ड्राइभिङ पनि होमबेससँग अन्तरसम्बन्धित छन् । थुप्रै नेपाली यो सेवामा क्रियाशील पनि छन् ।
घरबाटै यस्ता व्यवसाय सञ्चालन गर्दा ग्राहकसम्म पुग्नुपर्ने भएकाले फ्रड, स्क्यामर र आफ्नो सूचना चोरी गरी आर्थिक नष्ट गरिदिने सम्भावना पनि हुनसक्छ । आफैँमा निर्भर हुनुपर्ने, आफैँ अनुशासित र व्यवस्थित हुनुपर्ने, अधिकतम समय प्रदान गर्नुपर्ने, डोर टु डोर हिँड्नुपर्ने, आम्दानीको नियमितता नहुनेजस्ता केही जोखिमहरू पनि छन् । तर, जोखिम कहाँ छैन ? सहज कहाँ छ र ? अप्ठ्यारा, सानामसिना झन्झट जहाँसुकै र जतासुकै पनि हुनसक्छ । तर, थोरै लगानीमा घरबाटै कम जोखिम मोलेर आर्थिक स्वतन्त्रता प्राप्ति, स्वरोजगार, आफ्नो साहु आफैँ हुने र आफ्नै समय हुने हुँदा गौरव अनुभूति गर्न र सफलता हासिल गर्न पनि सकिन्छ । घरको खर्चमा कर राहत, व्यक्तिगत आम्दानी कर दाखिलामा सहुलियत, घुम्दा र होमबेस व्यवसायको उत्पादन ग्राहकसम्म पु-याउँदा कर राहत, घरको खर्च पनि घरबाटै सञ्चालित व्यवसायसँग जोडिने हुँदा कानुन, करको झन्झटबाट राहत आदि थुप्रै फाइदा छन् । गाडी, कम्प्युटर, घरका अन्य सामान खरिद आदि इत्यादिमा लाग्ने कर छुटका फाइदा पनि त्यत्तिकै छन् । त्यसैले होमबेस व्यवसायबाट नेपाली समुदाय पनि समृद्धशाली र व्यवसायी बन्न सक्ने भएकाले यस्तो अवसर र मौकालाई सदुपयोग गर्न सके हजारौँ नेपाली व्यवसायी बन्न सक्नेछन् ।