पचास कर्मचारीलाई फरिदावादमा पाँचदिने तालिम शुरु

पचास कर्मचारीलाई फरिदावादमा पाँचदिने तालिम शुरु


राजस्व अनुसन्धान विभागका पचास कर्मचारीका लागि तयार पारिएको ‘राजस्व चुहावटको अनुसन्धान तथा नियन्त्रण’ विषयक पाँचदिने विशेष तालिम भारतको फरिदाबादस्थित National Academy of Customs, Indirect taxes and Narcotics (NACIN) मा आज (२७ फागुन) देखि सञ्चालन भएको छ ।

‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’अन्तर्गत भारत सरकारको पूर्ण सहयोगमा उक्त तालिम सञ्चालन गरिएको हो । यस पहलकदमीअन्तर्गत राजस्व अनुसन्धान विभागका कूल ५० कर्मचारीलाई NACIN मा तालिम दिइने जनाइएको छ । विभागका २५ कर्मचारीको दोश्रो टोलीले सोही स्थानमा आफ्नो तालिम २०७५ चैत्र ११ गते देखि सुरु गर्ने पनि जानकारी दिइएको छ ।

तालिमले राजस्व अनुसन्धान विभागका कर्मचारीहरूको अनुसन्धान तथा छानबिन गर्ने क्षमता अभिवृद्धि गर्नुका साथै उनीहरूलाई वैधानिक अर्थव्यवस्थाबाट हुने राजस्व चुहावट नियन्त्रण तथा रोकथाममा थप प्रभावकारी तथा सुसज्जित बनाउन सहयोग गर्ने सम्बद्ध पक्षको भनाई छ । यसबाट राजस्व अनुसन्धान विभागको राष्ट्र निर्माण योगदानमा थप उर्जा मिल्नेछ ।

अप्रत्यक्ष कर संकलन तथा औषधी कानुन प्रवर्तनको क्षेत्रमा NACIN भारत सरकारको शीर्ष तालिम संस्था हो । विश्व भन्सार संगठन एसिया÷प्रसान्त क्षेत्रका लागि यो संस्था मान्यता प्राप्त क्षेत्रीय तालिम केन्द्रको रुपमा रहेको छ । साथै यस संस्थाले UNEP, UNODC, SAEC जस्ता अन्तर्राष्ट्रिय संगठनहरूसँग पनि काम गर्दछ ।