१९औँ शताब्दीको मध्यतिर बेलायतसमेतका पश्चिमा मुलुकमा चर्चले राज्य व्यवस्थालगायत सर्वसाधारणको जीवनमा पनि गर्दै आएको हस्तक्षेप पीडादायक हुँदै गएको थियो । बेलायतको बर्निङघममा जन्मेका जर्ज जेकव होलेक यसको विरोधमा लागे । उनी परमेश्वरको अस्तित्व स्वीकार नगरेको आरोपमा जेल परे । उनले चलाएको पत्रिका बन्द गरियो । उनले नास्तिक भएको आरोपमा प्रसस्त प्रताडना खेपे । चाल्र्स साउथवेललगायतका साथीहरूसँग मिलेर चर्चको यो हस्तक्षेपको विरोधमा अभियान चलाए । प्रचलित धेरै शब्दावली यो दर्शनको अनुकूल नदेखेर सन् १८५१ मा यसको नामकरण ‘सेकुलारिज्म’ गरे जसको नेपाली शब्द धर्मनिरपेक्षता हो ।
उनको किताब ‘दि प्रिन्सिपल्स अफ सेकुलारिज्म’मा प्रस्टसँग स्थापित गरेका छन् कि कुनै पनि धार्मिक नियम र गतिविधि केवल चर्चको परिसरभित्र मात्र सीमित हुनुपर्दछ । चर्चका कुनै पनि गतिविधिको प्रवद्र्धनको निमित्त जनताको पैसा (राजस्व) खर्च हुनुहुँदैन । नैतिकता, राम्रो–नराम्रो काम आदिको परिभाषा बाइबल (धर्मशास्त्र)को आधारमा नभई प्राकृतिक–सामाजिक मूल्य र मान्यताअनुसार हुनुपर्दछ । यहाँसम्म कि कुनै पनि सार्वजनिक पाठशालामा बाइबलको वा बाइबलमा आधारित कुराको पढाइ हुनुहुँदैन ।
आफ्नो मनले आस्था राख्ने व्यक्तिबाहेक सबै व्यक्ति, समाज र राज्य–व्यवस्था धर्मबाट निरपेक्ष रहनुलाई नै होलेकले सेक्युलर वा धर्मनिरपेक्ष भनेर परिभाषित गरेका छन् । धर्मनिरपेक्ष भनेको सबै धर्मलाई प्रवद्र्धन गर्ने सिद्धान्त होइन, यो त कुनै पनि धर्मको आधार र नाममा आएका सबै कुराबाट राज्य संयन्त्र र समाजलाई अलग राख्ने र त्यसलाई प्रवद्र्धन नगर्ने सिद्धान्त हो ।
संसारका कुनै पनि मुलुकमा यो सिद्धान्त सम्पूर्ण रूपमा लागू भएको छैन । त्यसैले प्रतिपादनको पौने २ सय वर्षपछि पनि बेलायत, अमेरिकालगायतका मुलुकलाई धर्मनिरपेक्ष हुन दबाब दिन बहस चलिरहेका छन् । विभिन्न मञ्चहरूमा, ब्लगहरूमा सम्भव भएजति सबै स्थानहरूमा के बेलायत धर्मनिरपेक्ष छ ? के संयुक्त राज्य अमेरिका धर्मनिरपेक्ष छ ? जस्ता बहस चलिरहेका छन् । चर्चलाई सीमित गर्न प्रतिपादित धर्मनिरपेक्षताको समर्थनमा चर्च अफ स्कटल्यान्ड आउनु आपैँmमा आश्चर्यजनक छ । यदि त्यो चर्चले धर्मनिरपेक्षता आत्मसात् गरेको भए संसारका अन्य भागमा त के आफ्नै मुलुकमा पनि समाजलाई, राज्यलाई यस्तो दबाब दिन मिल्दै मिल्दैन थियो ।
यसको प्रत्यक्ष कारण खोज्नैपर्दैन आपँैm स्पष्ट हुन्छ । पौने दुई सय वर्ष पहिलेको जर्ज जेकव होलेकको चर्चलाई आफ्नो दायरामा सीमित गर्ने यो दर्शन अहिले चर्चहरूले नै आफ्नो हितमा प्रयोग गरिरहेका छन् । अर्थात् जर्ज जेकव होलेकको दर्शन अपहरणमा परेको छ । यहाँ धर्मनिरपेक्षता सही हो वा गलत हो त्यसको विवेचनभन्दा तेस्रो विश्वमा यसको उल्टो व्याख्या गरिएको कुरा महत्वपूर्ण हो । युरोप, अमेरिकातिर त यसको उल्टो व्याख्या गर्न सम्भव नै छैन किनभने त्यहाँ यसको निरन्तर व्याख्या गर्ने अनेकौँ संस्थाहरू छन् ।
इस्टरको सन्देशमा हालै बेलायतका प्रधानमन्त्री आपँैmले ‘यो क्रिश्चियन मुलुक हो भन्नमा हामी गौरवान्वित हुनुपर्छ’ भनेको कुरा सर्वत्र छरिएको छ । के संयुक्त राष्ट्र अमेरिका धर्मनिरपेक्ष मुलुक हो भन्ने बहस त्यहीँ चलेको छ । त्यसैले तेस्रो विश्व, जहाँ आफ्नो धर्मार्थ संस्था त्यो मुलुकको सरकारभन्दा प्रभावशाली छ त्यहाँ मात्र धर्मनिरपेक्षताको यो विकृत परिभाषा सम्भव छ । यस परिप्रेक्षमा भारतलाई धर्मनिरपेक्ष मुलुकको रूपमा उदाहरण पेस गरिने गरिन्छ । यो आपैँmमा अमिल्दो छ ।
धर्मनिरपेक्षताको दर्शनको पहिलो कुरा वा भनौँ जुन कारणले धर्मनिरपेक्षता दर्शन प्रादुर्भाव भयो त्यो कुनै पनि धर्मको आधारमा कानुन बन्न हुँदैन भन्ने नै थियो । यही धर्मको आधारमा बनेको कानुनले होलेकलाई काराबास दिएको थियो । उनको पत्रिका बन्द गरिएको थियो, उनको जीवनयापनको बाटोमा अवरोध गरिएको थियो । तर, भारतमा धर्मको आधारमा अलग कानुन छ । कुनै धर्मकोले बहुविवाह गर्दा सजायभागी हुन्छ भने कुनैमा बहुविवाह अपराध मानिँदैन । यही आधारमा धर्मपरिवर्तन गरेको देखाएर बहुविवाह गरेका उदाहरण खोज्ने हो भने धेरै प्रख्यात मान्छे भेटिन्छन् ।
युरोपेली मुलुक र अमेरिका आदिमा केही मात्रामा धर्मनिरपेक्षताको अभ्यास गरिएको भए पनि अन्य मुलुकमा भने धर्मनिरपेक्षताको नाममा सर्वधर्मसापेक्षताको नीति अपनाइएको छ । धर्मनिरपेक्ष मुलुकहरूले राजकीय रूपमा कुनै पनि धर्मको अनुष्ठानमा औपचारिक प्रतिनिधि पठाउने वा त्यस्ता धार्मिक सङ्गठनहरूलाई आर्थिकलगायतका कुनै पनि सहायता गर्न पाइन्न । यहाँ उदाहरण पेस गरिने कति युरोप, अमेरिकाबाहिरका मुलुक छन् जसले धर्मनिरपेक्षताको यो मर्म आत्मसात् गरेका छन् ? स्वयम् नेपाल पनि अन्तरिम संविधानअनुसार धर्मनिरपेक्ष छ, तर पशुपतिनाथको नियन्त्रण राज्यले छोडेकोे छ र ? भोटो जात्रामा सरकारी उपस्थिति बन्द गरेको छ र ? राष्ट्रपतिले दशैँटीका बक्स गरेका छैनन् र ?
धर्मनिरपेक्षताको मर्म आत्मसात् गरेका मुलुकमा के होला नहोला, तर धर्मनिरपेक्षताको नाममा सर्वधर्मसापेक्षताले भारत धार्मिक दङ्गामा विश्वकीर्तिमान राख्न सफल भएको छ भन्न सकिन्छ । नेपालले पनि अन्तरिम धर्मनिरपेक्षता कालमा यो स्वाद चाखिसकेको छ । सर्वधर्म सापेक्षताको दर्शन सनातनी दर्शन हो, यो यही रूपमा रहेको अवस्थामा धार्मिक दङ्गाको कुरा सुनेर यो कसरी हुन्छ भनेर अचम्म मान्ने नेपाली समाज धर्मनिरपेक्षताको खोलमा आएको सर्वधर्म सापेक्षताले दिनहुँ गृहयुद्धको धम्की सुन्न बाध्य छ ।
सनातनी छातामुनि रहेका सबै यो भेगका धर्म परम्परा आज एक आपूmलाई अलग गर्ने चलन रैथाने होइन । धार्मिक अतिवाद नेपालमा कहिल्यै थिएन न भविष्यमा हुनेछ, तर सम्पूर्ण विश्व धार्मिक अतिवादको चपेटामा परेको छ । त्यही रन्को नेपालमा पनि सल्काउन खोज्नु पश्चिमाहरूको भूल हो । यो रन्कोबाट प्रभावित नभएमा नेपालले विश्वलाई नै शीतलता दिन सक्ने थियो । सनातनी परम्पराका विभिन्न मतहरूलाई आफ्नो परम्पराबाट भ्रमित पारेर अलग गर्ने प्रयत्न ठूलो त देखिन्छ, तर यसको असर नेपाली जनतामा नगन्य परेको कुरा अहिले धमाधम सडकमा आउँदै छन् । सोच आफ्नो, छनोट आफ्नो धर्मलाई सामान्य जीवनबाट अलग राख्ने कि पश्चिमाहरूसमेतले भन्ने गरेको जेसिजको आस्थामा समेत सामेल रहेको ईश्वरमा आस्था, मनुष्य जीवनलाई सार्थकता एवम् उद्देश्य प्रदान गर्दछ मान्ने ।
प्रतिक्रिया