अफगानिस्तानमा सेप्टेम्बर २८ मा राष्ट्रपतीय निर्वाचन

अफगानिस्तानमा सेप्टेम्बर २८ मा राष्ट्रपतीय निर्वाचन


द्वन्द्वग्रस्त अफगानिस्तानमा ढिला गरी राष्ट्रपतीय निर्वाचन हुन लागेको छ ।

राष्ट्रपतीय निर्वाचन आगामी सेप्टेम्बर २८ तारिखका दिन गर्ने गरी बुधबार औपचारिक रूपमा घोषणा भएको छ ।

यसअघि तय भएको तालिकाभन्दा पाँच महिना पछि सारेर निर्वाचन गर्ने घोषणा भएको हो ।

स्वतन्त्र निर्वाचन आयोग (आईईसी)ले निर्वाचनको वातावरण बनाउन र निर्वाचनका लागि आवश्यक तयारी पूरा गर्न नभ्याएकाले निर्वाचन ढिला हुन लागेको जनाएको छ ।