आफ्नै साथीले गोली हानेर तीन प्रहरीको हत्या

आफ्नै साथीले गोली हानेर तीन प्रहरीको हत्या


भारत नियन्त्रित जम्मु–कास्मिरमा खटिएका तीनजना सशस्त्र फौज (सीआरपीएफ)का जवानको आफ्नै साथीले चलाएको गोली लागेर मृत्यु भएको छ ।

साथीलाई गोली हान्ने जवानले पनि आफैँले आफूमाथि गोली चलाएका थिए । उनको अवस्था गम्भीर रहेको बताइएको छ ।

सीआरपीएफका कमान्डर हरिन्दर कुमारले घटनाको पुष्टि गर्दै घटनाको मुख्य कारण पहिल्याउने प्रयास भइरहेको जानकारी दिए ।