काठमाडौंमा शुक्रबार र शनिबार आयोजना गरिन लागेको लगानी सम्मेलनको तयारी लगभग सकिएको छ । सरकारले लगानी सम्मेलनको सन्दर्भमा बिहीबार प्रि–लगानी सम्मेलनको आयोजना गरको छ ।
बुधबार अर्थमन्त्रालयमा सम्मेलनका बारेमा जानकारी दिनका लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले बिहीबार सीमित लगानीकर्ताको सहभागितामा प्रि–लगानी सम्मेलन आयोजना हुने बताएका हुन् । ‘प्रि–लगानी सम्मेलनले लगानी सम्मेलन सम्पन्न गर्न थप सहयाग पुग्नेछ ।’ उनले भने, ‘यसका लागि हामी सक्रिय भएर लागिपरेका छौं ।’
मद्दत पुग्ने बताए । सम्मेलनमा ७७ वटा परियोजना राख्ने भएको तय छ ।
यसका लागि सरकारीस्तरका ५० र निजी क्षेत्रका २७ वटा परियोजना रहनेछन् ।
प्रतिक्रिया