सुनको भाउमा गिरावट

सुनको भाउमा गिरावट


नेपाली बजारमा बुधबार पनि सुनको भाउमा गिरावट आएको छ । सो दिन तोलामा एक सय रुपैयाँले घटेको छ । मंगलबार पनि सुनको भाउ तोलमा एक सय रुपैयाँले नै घटेको थियो ।

आज छापावाल सुनको भाउ तोलामा ६० हजार ४०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुनको भाउ ६० हजार ५०० रहेको थियो । यस्तै तेजावी सुन तोलामा ६० हजार १०० मा कारोबार भइरहेको छ । चाँदी भने तोलामा ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।