दक्षिण कोरियामा घट्दै काम गर्ने उमेर समूहको संख्या

दक्षिण कोरियामा घट्दै काम गर्ने उमेर समूहको संख्या


दक्षिण कोरियामा आगामी वर्षबाट काम गर्ने उमेर समूहको जनसंख्या घट्ने अनुमान गरिएको छ ।

सो संख्या सन् २०६७ सम्मकै सबैभन्दा बढी हुने देखिन्छ । त्यसपछि सो संख्या घट्न शुरु हुने भएको बताइएको छ । सन् २०१७ मा उक्त उमेर समूहका नागरिकको संख्या सबैभन्दा बढी पुगी त्यसबाट घट्दै जाने देखिएको सो तथ्यांक विभागले जनाएको छ ।

सन् २०२० बाट वार्षिक रूपमा औसत ३ लाख ३० हजार काम गर्ने जनसंख्या घट्दै जाने बताइएको छ । सन् १९५५ बाट १९६३ सम्म जन्मेकाहरू वृद्ध उमेरमा प्रवेश गर्ने भएकोले काम गर्नेहरूको संख्या घट्दै जाने तथ्यांक विभागले बताएको छ ।

सो विभागका अनुसार काम गर्ने उमेर समूहको जनसंख्या सन् २०१७ मा ७३ प्रतिशत थियो भने यो संख्या घटेर सन् २०५६ मा पुग्दा ४९.९ प्रतिशत पुग्ने बताइएको छ ।

यसैगरी सो जनसंख्या सन् २०६७ मा पुग्दा ४५.४ प्रतिशत पुग्नेछ । यसरी सन् २०६७ मा यो जनसंख्या दक्षिण कोरियाको इतिहासमा नै सबैभन्दा कम हुन जाने कुरा उक्त समाचारमा जनाइएको छ ।