लगानी आकर्षित गर्न सजिलो कानूनी व्यवस्था

लगानी आकर्षित गर्न सजिलो कानूनी व्यवस्था


लगानी आकर्षित गर्न सरकारले सम्मेलनको आयोजना गरेको छ । एजेण्डा पूरानै भएपनि सरकारले विदेशी लगानी आउने बाटोलाई सजिलो बनाएको छ ।

ऐन/कानूनमा रहेका अप्ठ्यारालाई सरकारले परिमार्जन गरेर सहज बनाएको हो । लगानीकर्तालाई आकर्षण गर्न ल्याइएको तीन वटा ऐन राष्ट्रपतिबाट प्रमाणिकरण भएको छ । यसले स्वदेशी तथा विदेशी लगानीकर्तालाई सहज हुने विश्वास छ ।

लगानी सहज बनाउन ल्याएका ऐनः
–सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, २०७५
–विशेष आर्थिक क्षेत्र ऐन, २०७३
–विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५
यी तीन वटै ऐन संसदले छोटो बाटोबाट पारित गरेको थियो । चैत १५ र १६ गते हुने लगानी सम्मेलनलाई सरकारले आर्थिक समृद्धिको प्रस्थान विन्दुका रुपमा लिएको छ ।

संशोधन गरिएका ऐन तथा नियमावलीः
–श्रम ऐन
–योगदानमा आधारित सामाजिक सुरक्षा ऐन
–औद्योगिक व्यवसाय ऐनको नियमावली
–विदेशी विनिमय नियमन गर्ने ऐन
–सार्वजनिक खरीद नियमावली संशोधन

नेपालमा लगानीमैत्री वातावरण सिर्जना भएको सन्देश दिन सरकारलेसम्मेलनको संघारमा ऐनलाई ध्यान दिएको हो । मुलुकमा स्थिर सरकार गठन भएपछि लगानी सम्मेलनलाई समृद्धिको रुपमा लिइएको छ ।