युनियन हाइड्रोको सेयरका लागि २६ हजारको आवेदन

युनियन हाइड्रोको सेयरका लागि २६ हजारको आवेदन


युनियन हाइड्रो पावर कम्पनीको सेयर भर्न सर्वसाधारणले १७ करोड रुपैयाँ मूल्यको आवेदन दिएका छन् । गत चैत्र १३ गतेबाट खुल्ला गरिएको सेयर आवेदन भर्न सर्वसाधारणले उत्साहजनक सहभागिता जनाएका हुन् ।

शुक्रबार (तेस्रो दिन) लमजुङमा सञ्चालित ३.३ मेगावाटको मिदिम खोला (करापु) जलविद्युत केन्द्रमा लगानी गर्न १७ लाख कित्ताका लागि आवेदन परेको बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडका आतिस श्रेष्ठले बताए ।

उनका अनुसार सेयर आवेदन भर्न २६ हजार सर्वसाधारणको आवेदन परेको छ । कम्पनीले १३ गते (बुधबार) बाट प्रतिकित्ता सय रुपैयाँमा अंकित ३५ करोड ३४ लाख ३४ हजार रुपैैयाँ मूल्यको ३५ लाख ३४ हजार ३ सय ४० कित्ता शेयर निष्कासन गरेको थियो । निष्कासित सेयरमध्ये ७० हजार ६ सय ८६ कित्ता कम्पनीमा कार्यरत कर्मचारीका लागि छुट्याइएको छ । बाँकी ३४ लाख ६३ हजार ६ सय ५४ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने छन् । सर्वसाधारणले छिटोमा चैत १७ र ढिलोमा वैशाख १२ गतेभित्र सेयर आवेदन दिइसक्नु पर्ने लक्ष्मी क्यापिटलले जनाएको छ ।

सर्वसाधरणले न्यूनतम ५० देखि अधिकतम ३५ हजार कित्तासम्मका लागि आवेदन दिन पाउने छन् । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको सेयर निष्कासन गरेर बाँडफाँड गरिसकेको छ । कम्पनीले लमजुङमा निर्माण गरेको मिदिमले २०७४ माघ १५ गतेदेखि नियमित विद्युत उत्पादन गर्दै आएको छ ।