बसमा अकस्मात आगलागी हुँदा बीस यात्रुको मृत्यु

बसमा अकस्मात आगलागी हुँदा बीस यात्रुको मृत्यु


पेरूको राजधानी लिमामा आइतबार राति एउटा बसमा भएको आगलागीमा परी कम्तीमा २० व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएको छ ।

लामो बाटोमा चल्ने यो बस लिमाबाट चिक्लायोतर्फ गइरहेको थियो । उक्त बसमा खचाखच यात्रु रहेका थिए । गुडिरहेको बसमा अकस्मात आगो लागेको थियो । उक्त आगलागीको कारण हालसम्म पत्ता लाग्न सकेको छैन । आगलागीको कारण अनुसन्धानरत रहेको प्रहरीले जानकारी दिएको छ ।

पेरूमा यस वर्षको शुरुबाट हालसम्म भएको यो दोस्रो ठूलो दुर्घटना हो । यसअघि पनि गत जनवरी २५ मा मध्यपेरूमा रहेको एक नदीमा बस खस्दा कम्तीका १० यात्रुको मृत्यु हुनुको साथै अन्य ३० घाइते भएका थिए । पेरूमा सवारीका साधनहरु दुर्घटनामा पर्ने घटना बारम्बार भइरहन्छन् ।