चीनमा डढेलोमा परी २७ अग्नि नियन्त्रकसहित ३० जनाको मृत्यु

चीनमा डढेलोमा परी २७ अग्नि नियन्त्रकसहित ३० जनाको मृत्यु


चीनमा भएको आगलागीमा परी ३० जनाको मृत्यु भएको छ । चीनको दक्षिणी सिचुआन प्रान्तमा भएको आगलागीमा परी उनीहरूको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

मृत्यु भएकामध्ये २७ जना अग्नि नियन्त्रक रहेका छन् भने आगो निभाउन गएका तीन स्थानीय बासिन्दा शनिबार दिउँसोसम्म सम्पर्कमा नआएका बताइएको छ । अचानक हावाहुरी आएपछि आगलागी भएको आपतकालीन व्यवस्थापन मन्त्रालयले जनाएको छ । आगलागी भएको ठाउँबाट स्थानीय अधिकारी ६८९ जनालाई बाहिर निकाल्न सफल भएका छन् ।

स्थानीय समय अनुसार शनिबार बेलुका ६ बजेसम्ममा आगो नियन्त्रणमा आइसकेको थियो । घटना भएको ठाउँ निकै दुर्गम पहाडी क्षेत्र मानिन्छ । अग्नि नियन्त्रकहरु अझै पनि घटनास्थलमा सक्रिय रहेका छन् । शवहरूको पहिचान गरी उनीहरूका आफन्तलाई हस्तान्तर गर्ने कार्य भइरहेको अधिकारीले जनाएका छन् ।