नेपाल ओरिएन्टेरिङ संघको आयोजनामा ओरिएन्टेरिङ स्पोर्टस् सेमिनार ठमेलस्थित जीएए हलमा सम्पन्न भएको छ ।
सेमिनारमा एथलेटिक्स र माउन्टेन बाइक खेलाडी, विभिन्न विद्यालयका खेलकुद शिक्षक र आरोही गरी ३० जनाले सहभागिता जनाएको ओरिएन्टेरिङ संघका अध्यक्ष किरण मल्लले जनाएका छन् ।
दुईदिने सेमिनारका सहभागीलाई अन्तर्राष्ट्रिय ओरिएन्टेरिङ महासंघका महासचिव एवं प्रमुख कार्यकारी अधिकृत टम होलोवेलले प्रशिक्षण दिएका थिए ।
प्रतिक्रिया