राष्ट्रिय खेलाडीको विशेष प्रशिक्षण शुरु

राष्ट्रिय खेलाडीको विशेष प्रशिक्षण शुरु


युके स्पोर्टस्को सहयोग तथा नेपाल तेक्वान्दो संघको आयोजनामा राष्ट्रिय खेलाडीको विशेष प्रशिक्षण चैत १८ गते सोमबारदेखि सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा सुरु भएको छ । प्रशिक्षणमा तीन विभागीय (आर्मी, प्रहरी र एपीएएफ), सातै प्रदेश, केन्द्रसहित पारा खेलाडी गरी ५० जनाको सहभागिता रहेको छ ।

पाँचदिने प्रशिक्षणको संघीय सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले उदघाटन गरका थिए । सो अवसरमा युके स्पोर्टस्की अध्यक्ष एवं ओलम्पिकको रोविङमा चारपटककी स्वर्ण विजेता डेम क्याथ्रिन ग्रेन्गरलगायतको उपस्थिति थियो ।