ग्रीष्मा मल्टिपर्पज को–ओपरेटिभले ‘जेन्टलम्यान किक’ प्रथम कर्पोरेट फुटसल प्रतियोगिताको उपाधि जितेको छ । नयाँबजारस्थित रिभर फिल्ड फुटसलमा भएको फाइनलमा ग्रीष्माले आईएमई ग्रुपलाई ३–१ गोलले पराजित गऱ्यो । ग्रीष्माका सिजन गुरुङले २ तथा सन्देश पाण्डेले १ गोल गरे । आईएमईका किरण गुरुङले १ गोल फर्काए । विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाए ।
प्रो स्पोर्टस्द्वारा आयोजित प्रतियोगितामा सिजन गुरुङ उत्कृष्ट खेलाडी तथा नेत्रबहादुर श्रेष्ठ उत्कृष्ट गोलरक्षक चुनिए । प्रतियोगिताभर ८ गोल गरेका आईएमईका किरण गुरुङ सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । नेपाल ओलम्पिक कमिटीले अनुशासित टिमको ट्रफी हात पा¥यो ।
विजेतालाई अखिल नेपाल फुटबल संघ (एन्फा) का सदस्य दावा कुंगा लामा, नेपाल ओलम्पिक कमिटीका सदस्य नीलेन्द्रराज श्रेष्ठ, प्रो स्पोर्टस्की कार्यकारी निर्देशक बागमती राईलगायतले पुरस्कार प्रदान गरेका थिए । एकदिने प्रतियोगितामा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
प्रतिक्रिया