बोस्टन म्याराथनमा धर्मको सहभागिता

बोस्टन म्याराथनमा धर्मको सहभागिता


धावक धर्म महर्जनले अमेरिकामा हुने बोस्टन म्याराथनमा भाग लिने भएका छन् । फुल म्याराथनको ४५ वर्षमाथि उमेरसमूहमा धर्मले नेपालको प्रतिनिधित्व गर्न लागेका हुन् । उनको प्रशिक्षकका रूपमा दक्षिण एसियाली खेलकुदका कीर्तिमानी धावक वैकुण्ठ मानन्धर पनि बोस्टन जानेछन् ।

उनीहरूलाई डा. खगेन्द्र स्पोर्टस् फाउन्डेसनका अध्यक्ष डा. खगेन्द्रबहादुर श्रेष्ठ र गायक बुद्धवीर लामाले एक कार्यक्रमबीच बिदाइ गरे । बोस्टन म्याराथन विश्वकै पुरानो म्याराथन मानिन्छ । अहिले हुन लागेको म्याराथन १२३औँ संस्करण हो । बोस्टन म्याराथन वैशाख २ गते हुनेछ ।