चित्र स्मृति भेट्रान कप फुटबल हुने

चित्र स्मृति भेट्रान कप फुटबल हुने


चित्रकुमार स्मृति भेट्रान कप सेभेन ए साइड फुटबल प्रतियोगिता वैशाख ९ गतेदेखि हुने भएको छ । प्रतियोगितामा मोफसलका ४ सहित २० टिमको सहभागिता रहने आयोजक चित्रकुमार भेट्रान समूहका अध्यक्ष सुरज लामाले जनाएका छन् ।

४० वर्षमाथि उमेरसमूहको नकआउट प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार नगद पुरस्कार हात पार्नेछन् । खेलहरू बौद्ध टुसालस्थित टाउन प्लानिङको मैदानमा हुनेछ । फाइनल वैशाख १४ गते हुनेछ ।