पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई द रिगल इंकले साथ दिने भएको छ । यसका लागि द रिगल इंकका निर्देशक आशुतोष अग्रवाल र शेरबहादुर खड्का स्मृति प्रतिष्ठानकी उपाध्यक्ष सिता खड्काले एक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
दरबारमार्क स्थित द रिगल इंकले उपाधि बिजेता टिमका सदस्यलाई ४ लाख ५६ हजार बराबरको १६ जोर सुटपिस उपलब्ध गराउने यही चैत्र २० गते गरिएको सम्झौतामा उल्लेख छ ।
द रिगल इंकका निर्देशक अग्रवालले खेलाडीकोे हौसला बढोस् भन्ने उद्देश्यले सस्थाबाट सानो प्रयास गरेको बताए । राष्ट्रिय खेल भलिबलसँग जोडिन पाउँदा आफ्नो संस्थाले गारव महसुस गरेको उनको भनाई छ ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष रन्जन खड्काले प्रतियोगिता वैशाख १४ देखि १७ सम्म सञ्चालन हुने जानकारी गराए । बताइएअनुसार जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रमा हुने प्रतियोगिता बिजेताले २ लाख, उपबिजेताले १ लाख र तेश्रो हुनेले ५० हजार नगद प्राप्त गर्ने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी र शेरबहादुर खड्का स्पेशल अवार्ड विजेताले जनही १५÷१५ हजार प्राप्त गर्ने छन् । विद्यागततर्फ वेष्ट स्पाईकर, वेष्ट सेटर, बेष्ट ब्लक, बेष्ट डिफेन्स, बेष्ट क्विकर, बेष्ट सर्भर र बेष्ट कोचले जनहि ७ हजार नगद प्राप्त गर्ने छन् । पाँचौँ संस्करणमा प्रतियोगिताको प्रत्येक खेलको वमन अफ द म्याचले नगद ५ हजार प्राप्त गर्ने छन् ।
प्रतिक्रिया