आईएसएफ वल्र्ड यू–१५ महिला भलिबल प्रतियोगितामा नेपालको न्यु डायमन्ड एकेडेमीले अजरबैजानलाई २–१ को सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पारेको छ । चैत २१ गते बिहीबार अजरबैजननसँग भएको खेलमा पहिलो सेट न्यु डाइमण्डले २०–२५ ले गुमाएको थियो । त्यसपछि खेलमा फर्किएको न्यु डाइमन्डले लगातर २ सेट २५–१९ र २५–११ ले जित्दै नतिजा आफ्नो पक्षमा पारेको थियो ।
क्रोएसियामा सञ्चालन भइरहेको महिला भलिबल प्रतियोगितामा यसअघिका दुईवटा खेलमा न्यु डाइमन्ड पराजित भएको थियो । जितपछि प्रशिक्षक कुमार राईले प्रतिक्रिया दिँदै भने, ‘हामीले पहिलो सेट गुमाएर पनि सफलता हात पर्न सक्यौँ । खेलाडीहरू सोचेजस्तोे खेलको प्रर्दशन गरे, निकै खुसी लागेको छ । यो अनुभवले भविष्ययमा नेपाली महिला भलिबलमा महत्वपूर्ण योगदान दिनेछ । न्यु डायमन्डले चैत २२ गते शुक्रबार हंगेरीसँग खेल्नेछ ।
प्रतिक्रिया