नेपाल कुराँस संघको अन्तर्राष्ट्रिय रेफ्री सेमिनार सम्पन्न भएको छ । कास्कीको पोखरामा दुई दिनसम्म सञ्चालन भएको उक्त सेमिनारको अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओेलम्पिक कमिटीका अध्यक्ष तथा प्रमुख अतिथि जीवनराम श्रेष्ठले समापन गरेका थिए ।
उक्त सेमिनारमा आयोजक नेपाललगायत आठवटा देश ताइवान, इन्डोनेसिया, हङकङ, कुवेत, ताजिकिस्तान, थाइल्यान्ड र अफगानिस्तानले सहभागिता जनाएका थिए । सेमिनारमा नेपालको तर्फपाट १९ र अन्य विदेश मुलुकबाट १५ जना कुराँसका रेफ्रीले सहभागिता जनाएका थिए ।
समापन कार्यक्रममा ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले कार्यक्रमको सफल आयोजनाका लागि नेपाल कुराँस संघका अध्यक्ष ध्रुव न्यौपानेलाई धन्यवाद दिएका थिए । साथै यो कार्यक्रमले अन्तर्राष्ट्रियस्तरमा निर्णय गर्न सक्ने उत्कृष्ट रेफ्रीहरू जन्माउन सफल हुने विश्वास प्रकट गरेका थिए । कार्यक्रममा नेपाल कुराँस संघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया