इन्डियन प्रिमियर लिग (आईपीएल) अन्र्तगत शनिबार राति मुम्बई इन्डीयन्स र सनराइजर्स हैदराबादबीच भएको खेलमा आइपिएलको बलियो टिम मानिने हैदराबादले ४० रनको हार व्यहोरेको छ भने वेस्ट इन्डिजका युवा बलर अल्जारी जोसेफले आईपीएल इतिहासकै कीर्तिमानी बलिङ गरेका छन् ।
आईपीएलमा डेब्यु गरिरहेका जोसेफले ६ विकेट लिँदै मुम्बईको जितमा साथ दिए । जोशेफले समग्रमा ३.४ ओभरमा १ मेडन सहित १२ रन खर्चेर ६ विकेट लिँदै आईपीएल इतिहासमा सर्वोत्कृष्ट बलिङ प्रदर्शन गरेका हुन् । त्यस्तै जोशेफ आईपीएल डेब्यूमै ६ विकेट लिने पहिलो खेलाडी बनेका छन् ।
मुम्बईले सनराइजर्स हैदरावादलाई १ सय ३७ रनको विजयी लक्ष्य दिएको थियो । पछिल्ला खेल जित्दै आएको हैदरावादले सहज लक्ष्य पछ्याउन खोज्दा जोशेफले आश्र्चय र्पाे बलिङ गरेसँगै १७.४ ओभरमा हैदरावाद अल आउट भयो । खेल अवधी भरी हैदरावादले ९६ रन मात्रै समेट्दा मुम्बईले ४० रननान्तरको जित निकालेको हो ।
ओपनिङ साझेदारी गरिरहेका जोनी बेयस्टोलाई १६ रनमा चौथो ओभरको चौथो बलमा युवा स्पिनर राहुल चाहारले जसप्रित बुमराहबाट क्याच गराउदै आउट गराएका थिए । पाँचौ ओभरको पहिलो बलमा डेविड वार्नर १५ रनमा अल्जारी जोशेफबाट बोल्ड आउट भए । सातौं ओभरको पाँचौ बलमा जोशेफले विजय शंकरलाई ५ रनमा क्याच आउट गराए । मनिष पान्डे १६ र युसुफ पठान डक आउट भएपनि हैदरावादको जित कठिन बन्न पुगेको थियो ।
१६ औं ओभरको पाँचौ बलमा दिपक हुड्लाई जोशेफले २० रनमा बोल्ड आउट गरे । लगतै आफै अर्को बलमा राशिद खानको क्याच लिँदै शून्यमा पेभेलियन फर्काए । १८ औं ओभरको पहिलो बलमा भुवनेश्वर कुमारलाई बोल्ड आउट गर्दै जोसेफले डेब्यूमै ५ विकेट पुरा गरे । तीन बलपछि सिद्दार्थ कौललाई आउट गर्दै उनले कीर्तिमानी ६ विकेट लिए ।
यसअघि राजीव गान्धी इन्टरनेशनल क्रिकेट स्टेडियम हैदरावादमा टस हारेर ब्याटिङ थालेको मुम्बईले निर्धा्रित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३६ रन बनाएको थियो । मुम्बईका लागि काइरान पोलार्डले अन्तिम दुई ओभरमा विश्फोटक ब्याटिङ गर्दै सम्मानजनक योगफल सम्म पुयाए । पोलार्डले १९ औं ओभरमा सिद्धार्थ कौललाई ३ छक्का सहित २० रन जोडेका थिए ।
प्रतिक्रिया