ब्याडमिन्टनमा सुजनलाई दोहोरो उपाधि

ब्याडमिन्टनमा सुजनलाई दोहोरो उपाधि


मानभवन ब्याडमिन्टन क्लब अन्तरसदस्यीय ब्याडमिन्टन प्रतियोगितामा सुजन राईले दोहोरो उपाधि जितेका छन् । मानभवन नरपार्कस्थित ब्याडमिन्टन कोर्टमा पुरुष एकल र युगलको उपाधि जित्दै सुजनले दोहोरो उपाधि हात पारेका हुन् ।

समूह ’ए’ को पुरुष एकलको फाइनलमा हेमन्त थेबलाई २१–१७ र २१–११ को सेटमा पराजित गर्दै सुजनले उपाधि जिते । त्यस्तै सुजनले राकेश भट्टराईसँग मिलेर समूह ’ए’को पुरुष युगलतर्फको उपाधि जिते । सुजन र राकेशको जोडीले रञ्जित घतानी र सुवास लिम्बूको जोडीलाई २१–१८ र २१–१५ को सेटमा पराजित गरे ।

मानभवन ब्याडमिन्टन क्लबको आयोजनामा भएको प्रतियोगिताको विजेताले ट्रफी तथा मेडल प्राप्त गरे । प्रतियोगितामा एकल, युगल र मिक्स डबल्समा प्रतिस्पर्धा भएको थियो ।