नेपाल खेलकुद पत्रकार मञ्चका नवनिर्वाचित केन्द्रीय कार्यसमितिको सम्मानमा राष्ट्रिय खेलकुद परिषदले चैत २३ गते शनिबार स्वागत तथा बधाई कार्यक्रम आयोजना गरेको छ । त्रिपुरेश्वरस्थित राखेपमा भएको कार्यक्रममा राखेप सदस्यसचिव केशवकुमार विष्टले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरूलाई खादा लगाई मायाको चिनो प्रदान गरेका थिए । त्यस्तै, विष्टले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सदस्यसचिव विष्टले कार्यकाललाई अवष्मरणीय बनाउन सबै एकजुट भए अगाडि बढ्नुपर्नेमा जोड दिँदै आफू संलग्न क्षेत्रलाई गरिमामय बनाउन सके मात्र आफ्नो गरिमा पनि बढ्ने विचार व्यक्त गरे ।

नवनिर्वाचित मञ्चका अध्यक्ष देवेन्द्र सुवेदी (दुर्गानाथ) ले कार्यक्रम आयोजना गरेकोमा राखेपलाई धन्यवाद दिँदै आठौँ राष्ट्रिय खेलकुदको सफलताका लागि शुभकामना दिए । शुक्रबार सम्पन्न मञ्चको १५औँ चुनावी साधारणसभाले नेपाल टेलिभिजनका सुवेदीको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको थियो ।
प्रतिक्रिया