विश्व तेक्वान्दोको तत्वावधानमा युके स्पोर्टस् जीबी तेक्वान्दोको सहयोगमा तेक्वान्दो डेभलभमेन्ट पाटर्नरसिप प्रोजेक्ट नेपाल सीजीटी– यूटी तेक्वान्दो टे«निङ क्याम्प फर एथलेटिक्स–२०१९ ललितपुरस्थित तेक्वान्दो एकेडेमी हलमा सम्पन्न भएको छ ।
अप्रिल १ देखि सञ्चालन भएको उक्त टेनिङ क्याम्पमा ५० जना खेलाडी सहभागी थिए । यसअघि उक्त कार्यक्रम काठमाडौं र पोखरामा प्रशिक्षकका लागि सञ्चालन गरिएको थियो । उक्त कार्यक्रममा राष्ट्रिय स्तरका खेलाडीलाई समावेश गरिएको थियो ।
पाँच दिनसम्म सञ्चालित कार्यक्रममा यूके स्पोर्टस्का अध्यक्ष एवं चारपटक स्वर्ण विजेता रोविङ डामी क्याथरिन ग्रान्गर, ब्रिटिस तेक्वान्दोका अध्यक्ष एवं विश्व तेक्वान्दो प्रतियोगिताका स्वर्ण पदक विजेता सारह स्टेपहेन्सन जेनिङ्सलगायतका खेल विज्ञ संयुक्त अधिराज्यबाट नेपाल आएका थिए ।

उक्त सेमिनारमा सफल खेलाडी तथा प्रशिक्षकलाई नेपाल ओलम्पिक कमिटीका पूर्वअध्यक्ष तथा मानार्थ अध्यक्ष ध्रुवबहादुर प्रधानले प्रमाणपत्र प्रदान गरेका थिए । सो अवसरमा प्रधानले नेपाल र बेलायतको सुमधुर सम्बन्धबारे प्रकाश पार्दै प्रशिक्षणमा सफल खेलाडी तथा प्रशिक्षलाई शुभकामना दिएका थिए । प्रशिक्षणमा केन्द्र्र, प्रदेश, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका खेलाडीले सहभागी जनाएका थिए ।
सो अवसरमा ब्रिटिस तेक्वान्दोका अध्यक्ष जेनिङ्सले नेपाल तेक्वान्दो संघबीच भएको समझदारीबमोजिम आगामी दिनमा यो कार्यक्रमले निरन्तरता पाउने बताए ।
प्रतिक्रिया