आत्मघाती आक्रमणमा अमेरिकी सहित पाँचको मृत्यु

आत्मघाती आक्रमणमा अमेरिकी सहित पाँचको मृत्यु


पूर्वी अफगानिस्तानमा अमेरिका र नेटोआवद्ध संयुक्त गठबन्धन सेनाको बाग्राम हवाई अखाडा नजिकै आत्मघाती बम आक्रमण भएको छ ।सो अक्रमणमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको सिन्ह्वाले छ ।

सम्बद्ध अधिकारीहरुलाई उद्धृत गर्दै समाचारमा जनाइएअनुसार बम आक्रमणमा ज्यान गुमाउनेमा तीन अमेरिकी सैनिक, एक अमेरिकी ठेकेदार र एक आतङ्ककारी समूहका सदस्य रहेका छन् ।

बाग्राम हवाई अखाडानजिकै सोमबार साँझ भएको यस आक्रमणमा घाइते भएका अन्य अमेरिकी सैनिकलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको छ । स्थानीय समयानुसार सोमबार साँझ ५ः४५ बजे सो आक्रमण भएको थियो ।

पार्वान प्रान्तको बाग्राम जिल्लाको पुल ए बरिकमा भएको यस आत्मघाती आक्रमणमा बाटो हिँडिरहेका पाँच बटुवा पनि घाइते भएका छन् । घाइते भएका सर्वसाधारणलाई नजिकैको सरकारी अस्पताल लगिएको छ ।

अफगानिस्तानको राजधानी काबुलबाट करिब ५० किलोमिटर उत्तरमा रहेको बाग्राम हवाई अखाडा नजिकै अमेरिकी र नेटो सैन्य शिविर रहेको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले यस आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् ।