दलाई लामा अस्पताल भर्ना

दलाई लामा अस्पताल भर्ना


भारतमा निर्वासित जीवन बिताइरहेका तिब्बती धर्मगुरु दलाई लामा अस्पताल भर्ना भएका छन् । छातीमा संक्रमण देखिएपछि ८३ वर्षीय लामा बुधबार दिल्लीस्थित एउटा अस्पतालमा भर्ना भएको उनका सहयोगीले जनाएका छन् ।

उनका सहयोगी तेन्जिन ताक्लाका अनुसार उनलाई केही अप्ठ्यारो महसुस भएपछि विमानमार्फत हिमाचल राज्यको धर्मशालाबाट दिल्ली लगिएको थियो ।

‘आज बिहान स्वास्थ्यमा केही असहज भएपछि उहाँ स्वास्थ्य जाँचका लागि दिल्ली जानुभएको छ । चिकित्सकहरूले उहाँको छातीमा संक्रमण भएको जनाएका छन् र त्यसको उपचार गरिरहेका छन् । उहाँको स्वास्थ्यस्थिति अहिले स्थिर छ र अस्पतालमा थप दुई–तीन दिन रहनुहुनेछ,’ लामाका निजी सचिवले भनेका छन् ।

चिनियाँ शासनविरुद्ध भएको स्वतन्त्र तिब्बतको आन्दोलन असफल भएपछि ६० वर्षअघि सन् २३ वर्षको उमेरमा सन् १९५९ मा उनी भागेर भारत पुगेका थिए । त्यसयता उनी भारतको हिमाचल राज्यको उत्तरी पहाडी क्षेत्रमा रहेका धर्मशालामा निर्वासित जीवन बिताइरहेका छन् ।

bbc