आईपीएलमा मुम्बईको पञ्जावमाथि सनसनीपूर्ण जित

आईपीएलमा मुम्बईको पञ्जावमाथि सनसनीपूर्ण जित


मुम्बई इन्डियन र किंग्स इलेभेन पञ्जावबीच मुम्बईको वानखेडे स्टेडियममा भएको सनसनीपूर्ण खेलमा मुम्बई विजयी भएको छ । मुम्बईले पञ्जावलाई तीन विकेटले पराजित गरेको हो । मुम्बईको जितका लागि कप्तान किरोन पोलार्डले ३१ बलमा ८३ रन बनाएका थिए । पोलार्डले आफ्नो विस्फोटक पारीमा १० छक्का र ३ चौका प्रहार गरेका थिए ।

टस हारेर पहिलो ब्याटिङ गरेको पञ्जावले उत्कृष्ट सुरुवात गर्दै शतकीय साझेदारी गरेको थियो । जसमा क्रिस गेलले ६३ महत्वपूर्ण पारी खेलेका थिए । त्यसपछि पञ्जावले २० ओभरमा ४ विकेट गुमाउँदै १९७ रन बनाएको थियो । जसमा लोकेश राहुलले १०० रन बनाएका थिए ।

जितको लागि १९८ रनको चुनौती पाएको मुम्बईका लागि शुभारभ्म राम्रो भएन । उसले आफ्ना तीन महत्वपूर्ण विकेट ५० रनभित्रै गुमाएको थियो । तर, एउटा पुछारलाई जिम्मेवारीपूर्ण तरिकाले निभाउँदै पोलार्डले मुम्बईलाई विजयी गराए । यो जितसँगै मुम्बईले ६ खेलमा ४ जित हासिल गर्दै ८ अंक बटुल्दै तेस्रो स्थानमा उक्लिएको छ ।