गणेशमान सी फुटसल च्याम्पियनसिप वैशाखमा

गणेशमान सी फुटसल च्याम्पियनसिप वैशाखमा


काठमाडौं खेलकुद समाजको आयोजनामा गणेशमान सिंह सी फुटसल च्याम्पियनसिप फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता वैशाख १३ गतेदेखि सञ्चालन हुने समाजका अध्यक्ष बद्र्री भट्टराईले जानकारी गराएका छन् ।

१७ वर्षभन्दा मुनिका स्कुलका खेलाडीबीच हुने यू–१७ फुटसल च्याम्पियनसिपमा ३२ स्कुलका खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताको संयोजकमा हरि महर्जन र आशिष अधिकारी रहेका छन् ।