आठौँमा छनोट कराते खेलाडीलाई सिंहको सहयोग

आठौँमा छनोट कराते खेलाडीलाई सिंहको सहयोग


पूर्वखेलाडी मकेन्द्रबहादुर सिंहले कराते खेलाडीलाई ट्र्याकसुट प्रदान गरेका छन् । हाल संयुक्त राज्य अमेरिकामा रहेका सिंहले कराते खेलाडीको उत्कृष्ट प्रदर्शन र प्रोत्साहनका लागि ट्र्याकसुट प्रदान गरेको कराते प्रशिक्षक विमल खडायतले जानकारी गराएका छन् ।

सिंहले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमबाट करातेतर्फ छनोट हुन सफल भएका खेलाडीलाई ट्र्याकसुट प्रदान गरेका हुन् । सुदूरपश्चिमको खेलकुदको विकासको लागि विदेशबाट भए पनि सहयोग गर्दै आएका सिंहलाई सहयोगपश्चात् कराते खेलाडी तथा प्रशिक्षकले धन्यवाद ज्ञापन गरेका छन् ।