आईसीसी यू—१९ विश्वकप एसिया छनोटमा नेपालले सिंगापुरमाथि फराकिलो जित निकालेको छ ।
मलेसियामा जारी खेलमा शुक्रबार नेपाली टोलीले सिंगापुरलाई दुई सय १७ रनले पराजित गरेको हो । पहिले व्याटिङ गरेको नेपालले ४६ ओभरमा आफ्ना सवै विकेट गुमाउँदै २८२ रन बनाएको थियो ।
नेपालले दिएको २ सय ८३ रनको विजयी लक्ष्यमा सिंगापुरले ३१ ओभरमा सबै विकेट गुमाएर ६५ रन मात्र जोड्न सक्यो ।
प्रतिक्रिया