फेन्सिङमा डेफिन्डिङ च्याम्पियन आर्मीले बाजी माऱ्यो

फेन्सिङमा डेफिन्डिङ च्याम्पियन आर्मीले बाजी माऱ्यो


आठौँ राष्ट्रिय खेलकुदअन्तर्गत चौथो फेन्सिङ प्रतियोगितामा ६ वटा स्वर्ण पदक जितेर त्रिभुवन आर्मी क्बल च्याम्पियन भएको छ । आर्मी डिफेन्डिङ च्याम्पियन पनि हो । प्रदेश ३ ले तीन स्वर्ण तथा एपीएफ क्लबले दुई स्वर्ण हात पारे ।

आइतबार सम्पन्न खेलमा फोइल पुरुष समूहमा आर्मीले प्रदेश ३ लाई ४५–२२ को अन्तरले पराजित गऱ्यो । त्यसैगरी स्याबर पुरुष समूहमा प्रदेश ३ ले एपीएफलाई ४५–३९ को अन्तरले निराश पाऱ्यो । इपी महिला समूहतर्फ आर्मीले एपीएफमाथि ४५–४४ को कठिन जित दर्ता गऱ्यो । फोयल महिला समूहमा एपीएफ पहिलो बन्यो । एपीएफले आर्मीलाई ४५–३२ को अन्तरले पराजित गऱ्यो ।