अध्यक्ष भए नेपालमा विदेशी लगानी भित्र्याउने कंडेलको दावी

अध्यक्ष भए नेपालमा विदेशी लगानी भित्र्याउने कंडेलको दावी


mahendra-kandelलण्डन । गैर आवासीय नेपाली संघ बेलायतका उपाध्यक्ष महेन्द्र कंडेल अध्यक्ष पदका लागि चुनावी घोषणा पत्रसहित मैदानमा आएका छन् । उपाध्यक्ष कंडेलले आफू अध्यक्ष निर्वाचित भए कार्यकालमा गरिने आठ बुँदे घोषणा पत्र सार्वजनिक गरेका हुन् । घोषणा पत्रमा नेपालको आर्थिक वृद्धिदर उच्च बनाउन नेपालमा पनि विदेशी लगानीलाई प्रोत्साहित गर्ने लगायतका प्रतिवद्धता छन् । त्यस्तै, गोर्खा आर्मीका हक हितका सवाल र एक पटकको नेपाली सधैंको नेपालीलाई बनाउन नागरिकता जोगाउन उच्च प्राथमीकता दिने र बेलायतमा बसी अंग्रेजी भाषा बोल्न कठिनाइ भोगेका वृद्ध बाबा आमाहरुको सहयोगार्थ एनआरएनए युकेको पहलमा हेल्थ अवेरनेश शिविर सञ्चालन गर्ने छन् ।

साथै, नेपालीहरुको सांस्कृतिक र भाषिक पहिचानलाई कायम राख्ने कार्यक्रमहरु अगाडि बढाउने, बेलातयवासी सबै नेपालीलाई एनआरएनए यूकेको सदस्य बनाउने र विदेशमा बसोबास गरिरहेका नेपालीहरुको मतदानको अधिकार प्राप्त गर्न नेपाल सरकार तथा राजनैतिक दलहरुलाई दवाव दिने तथा एनआरएनए सचिवालय स्थापना गरि बेलायतमा रहेका नेपालीहरुलाई नि:शुल्क कानुनी सल्लाह दिने योजना घोषणा पत्रमा छ । उपाध्यक्ष कंडेलले घोषणा पत्रमा सूचना केन्द्र स्थापना गरि नव आगन्तुकहरुलाई बढि भन्दा बढि सूचना प्रदान गर्ने कार्यलाई प्राथमिकतामा दिनेलगायतका महत्वकांक्षी प्रतिवद्धता जनाएका छन् ।

क्यामरुनले आइतबार नै सबै इन्टरनेट प्रदायक कम्पनीहरुलाई अश्लिल सामग्री फिल्टरको व्यवस्था मिलाउन आदेश दिइसकेका छन् । गुगलका प्रवक्ताले पनि ‘बालयौन शोसणलाई कुनै पनि हालतमा सहन नगर्ने आफूहरुको नीति रहेको’ स्पष्ट पारेका छन् ।