बेलायतमा नेपाली च्यानल सर्वसुलभ उपलब्ध

बेलायतमा नेपाली च्यानल सर्वसुलभ उपलब्ध


tv-channelsलण्डन । बिगत लामो समय देखि विश्वका बिभिन्न देशहरुमा नेपाली च्यानलहरु प्रत्यक्ष देखाउदै आएको न्यु आईटी भेन्चर कर्पोरेशनले बेलायतमा पनि आफनो सेवा विस्तार गर्न लागेको छ । बेलायतको चर्चित अनलाईन मिडिया नेपाल ब्रिटेन डट कम र न्युआईटी भेन्चर कर्पोरेशनविच संझौता भई उक्त सेवा विस्तार गर्न लागेको हो ।

बेलायतबासी नेपाली समुदायले नेपालबाट प्रसारण हुने सम्पुर्ण नेपाली च्यानल प्रत्यक्ष र सर्वसुलभ हेर्न पाउने भएका छन् । घरमा रहेको इन्टरनेटको माध्यमबाट सबै च्यानलहरु सजिलै प्रत्यक्ष रुपमा हेर्न सकिने उक्त कम्पनीले बताएको छ । जापान,अमेरीका,अष्ट्रेलिया लगायतका देशमा यो सेवा विस्तार भईसकेको छ ।

दर्शकले पहिलो प्याकेज महिनाको ७.९९ पाउण्डमा १२ वटा नेपाली च्यानलसहित २२ वटा च्यानल हेर्न पाउने छन् । दोस्रो प्याकेजमा ९.९९ पाउण्ड तिरेपछि पहिलो प्याकेजका सबै च्यानललगायत 100 भन्दा धेरै नेपाली चलचित्रको अन डिमान्ड लाईब्रेरी हेर्न सकिनेछ । तेस्रो प्याकेज अन्तर्गत महिनाको १३.९९ पाउण्ड तिरेपछि नेपाली, हिन्दी च्यानलका अतिरिक्त सबै नेपाली चलचित्र हेर्न सक्ने छन् । ती च्यानल जोड्न ग्राहकले ५० पाउण्ड पर्ने रोकु बक्स किन्नु पर्ने हुन्छ । रोकु बक्स खरिद गरेपछि १० मिनेटमै घरमा टिभी च्यानल जोड्न सकिनेछ ।