स्कटल्याण्ड, ५ अगस्ट। स्कटल्याण्डबाट प्रसारण हुँदै आएको इन्टरनेट नेपाली रेडियो अन्कोले आइतबार एनआरएन यूकेमा स्कटल्याण्डको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा स्कटल्याण्ड रहेका नेपाली संस्थाहरूले एनआरएन यूकेका अध्यक्षका प्रत्यसी उमेदवार योगेन क्षेत्री सँग अन्तरक्रिया गरेका थिए। इन्टरनेटबाट प्रसारण हुने नेपाली रेडियो रेडियो अन्कोबाट प्रतक्ष्य प्रसारण भएको कार्यक्रममा सहभागीहरुले एनआरएन यूकेमा स्कटल्याण्डको सम्मानजनक सहभागिता हुनु पर्नेमा जोड दिएका थिए । सो अवसरमा एनआरएन यू केका अध्यक्षका प्रत्यसी उमेदवार योगेन क्षेत्रीले स्कटल्याण्डको उचित प्रतिनिधित्वको लागि आफूले सक्दो सहयोग गर्ने बताकाथिए। क्षेत्रीले एनआरएन यूकेमा आफ्नो उमेद्वारीको बारेमा विभिन्न प्रश्नहरूको जवाफ दिदै समाजसेवामा आफ्नो अनुभव र एनआरएनका विभिन्न कार्यहरूमा संग्लाग्नाताले आफू अध्यक्षको लागि योग्य रहेको र घोषणा गरेका प्रतिबद्धतालाई पूर्ण गर्ने बताकाथिए।
अर्गनाइजेसन फर नेपलिज कल्चर एण्ड वेलफेयरका अध्यक्ष दिपेश रेग्मीले यू केको चार राज्य मध्ये स्कटल्याण्ड एक भए पनि एनआरएन यू केमा स्कटल्याण्डमा रहेका नेपालीहरू कुनै भूमिका नहुनु दुखको कुरा रहेको र यू केमा रहेका नेपालीहरुमा एनआरएन यू केको प्रभाव न्यून रहेकोप्रति आगामी नेत्रितो नेतृत्वले ध्यान दिनुपर्नेमा जोड दिएकाथिए।
सो अवसरमा बोल्दै नेपाल स्कटल्याण्ड एसोसिएसनक पूर्व अध्यक्ष भोला खनालले स्कटल्याण्डमा एनआरएन यू केको उपस्थिति शून्य रहेको र एनआरएन यू के इंगलैंडमा मात्र सीमित रहेकोले यूकेभरि नै उपस्थितिको लागि यसको संरचनामानै परिवर्तन गर्नु पर्ने बताकाथिए । यस्तै ग्लास्गो नेपाली एसोसिएसनका अध्यक्ष मोहन कार्कीले दोहोरो नागरिकताको लागि एनआरएनको पहल नपुगेको र एसको लागि बृहत् कार्ययोजनाको आवशेकता रहेको बताकाथिए। यसैगरी नेपाल स्कटल्याण्ड फ्रेण्डशिप फोरम डन्डी का अध्यक्ष शिला त्रिपाठीले एनआरएनमा महिलाहरू भूमिका र सहभागिता अझ सशक्त हुनु पर्ने मा जोड दिनु भएको थियो। यस्तै विद्यार्थीको समस्या र हक हितमा एनआरएनको पहल नपुगेकोले अब आउने समिति ले यसलाई प्राथमिकतामा राखनु पर्ने विद्यार्थी संगीता पण्डित कार्कीले बताकाथिए।
कार्यकममा एनआरएन यू केका अध्यक्षका दुई उमेदवार महेन्द्र कंडेल र योगेन क्षेत्रीलाई आमन्त्रण गरिएता पनि एक उमेदवार योगेन क्षेत्री मात्र सहभागी हुनुहुन्थ्यो । रेडियो अन्को ( Radio ONCW) इन्टरनेटमा www.radiooncw.com तथा एप्पल र एनरोइड फोनमा नेपाली एफएम एप्प्लिकेशनमा सुन्न सकिने छ । – – प्रकाश अर्याल
प्रतिक्रिया