१८ अगस्त, लण्डन / क्षेत्री समाज बेलायतबाट पहिलोपटक प्रकाशित ‘बेलायतमा क्षत्री’ नामक पुस्तक विमोचन भएको छ । क्षेत्री समाज बेलायतको नियमित त्रैमासिक बैठकको अवसरपारी रोयल नेप्लिज रेष्टुरेण्ट ग्रीनफोर्डमा समाजका संरक्षक ध्रुव के.सी. र वर्तमान अध्यक्ष भीम वानियाले संयुक्त रुपमा विमोचन गरेका छन् ।
विमोचन कार्यक्रमा पुस्तक प्रकाशन समितिका संयोजक गोविन्द महतले पुस्तकको आवश्यकता र महत्वबारे प्रकाश पार्दै समितिका अन्य सदस्य डा. राम कुमार अधिकारी क्षेत्री, जीत रानाभाट र प्रकाश के.सी.(खड्का) को अथक परिश्रमको सराहना गरे । साथै लेख रचनाकार, अनुवादक र विज्ञापनदाताहरुलाई सहयोगका लागी आफ्नो तथा समाजका तर्फबाट विशेष धन्यवाद दिए ।
विमोचनका क्रममा समाजका संरक्षक ध्रुव के.सी.ले यस कार्य समितिले पुस्तक प्रकाशन गर्ने सोच र निर्णय गरी पुस्तक प्रकाशनसमेत गरेकोमा धन्यवाद दिँदै यसले क्षेत्री समाज बेलायतको इतिहास रचेको र आगामी समयमा भावी सन्तती वा नेतृत्वलाई समेत मार्ग निर्देशन गरेको छ भने । यस कार्यबाट आcले क्षेत्री समाज बेलायत अब परिपक्व भएको समेत महसुस गरेको बताए । यसै कार्यक्रममा समाजका अध्यक्ष भीम वानियाले आफूले यो किताबको परिकल्पना विदेशमा जन्मिहुर्किएर नेपाली लेखपढ गर्न नजान्ने दोश्रो पिढीलाई लक्ष राखी गरेको भने । किताब आधा नेपाली र आधा अंग्रेजीमा छपाइएको हुंदा सबै नेपालीले सजिलै पढ्न सक्ने छन् । मन्तव्यकै क्रममा अध्यक्ष बानियाले पुस्तकमा नेपालका क्षेत्री के कसरी क्षेत्री हुन्, क्षेत्रीहरुको नेपाल तथा विदेशमा के कस्ता भूमिका रहेछ, क्षेत्रीका रितिरिवाज, भेषभुषा र प्रचलनका बारेमा जानकारी गराइको हुंदा यसलाई शैक्षिक सामाग्रीका रुपमा लिन सकिने बताए ।
विमोचन कार्यक्रमपछि समाजको त्रैमासिक वैठकको निरन्तरता चलेको थियो । कार्यक्रम सचालन समाजका महासचिव राजन कुमार क्षेत्री संचालन र उपाध्यक्ष प्रेम खड्काले उपस्थित केन्द्रीय सदस्यहरुलाई स्वागत गर्दै मन्तव्य दिएका थिए । यो पुस्तकको विक्रि-वितरणवाट आएको सम्पूर्ण रकम समाजको आपत्कालीन कोषमा जम्मा हुने समेत जानकारी गराइएको थियो ।
-भीम, मेस
प्रतिक्रिया