चर्चित खेलाडीहरू चुनावी मैदानमा

चर्चित खेलाडीहरू चुनावी मैदानमा


भारतीय लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी र कांग्रेसले राजधानी दिल्ली क्षेत्रबाट दुई चर्चित खेलाडीलाई उम्मेदवार बनाएको छ । अन्तर्राष्ट्रिय स्तरका चर्चित खेलाडीलाई लोकसभा निर्वाचनको उम्मेदवार बनाइएपछि अहिले त्यस क्षेत्रको निर्वाचनको माहोल निकै तातेको छ ।

भाजपाले पूर्वक्रिकेटर गौतम गम्भीरलाई पूर्वी दिल्ली र कांग्रेसले ओलम्पिक पदकविजेता वीजेन्द्र सिंहलाई दक्षिण दिल्लीबाट उम्मेवार बनाएको छ ।

गम्भीरले भारतलाई दोश्रोपटक विश्वकप क्रिकेटको उपाधि दिलाउन महत्वपूर्ण योगदान दिएका खेलाडी हुन् भने सिंह ओलम्पिक खेलमा भारतलाई बक्सिङ खेलमा पहिलोपटक पदक दिलाउने खेलाडी हुन् ।

गम्भीर गत २२ मार्चमा भाजपामा प्रवेश प्रवेश गरेका थिए । गम्भीरलाई वर्तमान सांसद महेश गिरीको ठाउँमा भाजपाले उम्मेदवार बनाएको हो । त्यस्तै सिंह कांग्रेस पार्टीका कार्यकर्ता हुन् । उम्मेदवारीसँगै दुवै खेलाडीले आफुले विजय हुने विश्वास प्रकट गरेका छन् ।