नेपाल प्रहरी क्लब आठौँ राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय कराते प्रतियोगितामा च्याम्पियन बनेको छ । दाङ तुलसीपुरस्थित कर्भडहलमा सञ्चालित प्रतियोगितामा प्रहरी सर्वाधिक नौ स्वर्ण र एक रजत पदक हात पार्दै टिम च्याम्पियन बनेको हो । त्यस्तै तीन स्वर्ण, तीन रजत र चार कास्य हात पारेको नेपाल आर्मीले उपविजेतामा चित्त बुझायो । ३ नम्बर प्रदेश दुई स्वर्ण एक रजत र एक कांस्य पदकका साथ तृतीय स्थान हासिल गऱ्यो ।
करातेको अन्तिम दिन वैशाख १० गते मंगलबार सम्पन्न पुरुष कुमुते ६० केजी तौलसमूहमा नेपाल पुलिस क्लबका राजीव पुडासैनीले स्वर्ण पदक हात पारे । त्यस्तै प्रदेश ४ का राजकुमार रसाइलीले रजत जित्दा सुदूरपश्चिम प्रदेशका जगतसिंह घानुक र एपीएफका मोहन कार्कीले कांस्य पदक हात पारे ।
प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरीको एपीएफ, सात प्रदेश र एनआरएनको सहभागिता रहेको थियो ।
प्रतिक्रिया